एभरेष्ट बैंककै कर्मचारीले बचतकर्ताको रकम चोरेपछि…..

६ जेठ, विराटनगर ।
सुनसरीस्थित एभरेष्ट बैंकको इटहरी शाखाबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो । उक्त रकम चोरी गरेको आरोपमा सोही बैकंकका म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए ।

पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन् । त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए ।

Advertisement

पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको डीएसपी राईले बताए । एभरेष्ट बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् झिकेर हिनामिना गरेको पाइएको हो ।

उनीहरुले बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेका हुन् । रकम अन्य बैंकको विभिन्न खातामा पनि पठाउने गरेको देखिएको उनले बताए ।

Advertisement

प्रहरी नायव उपरीक्षक राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् । इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो ।

उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । उनका अनुसार आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका थिए । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको डीएसपी राईले बताए । पक्राउ परेका एभरेष्ट बैंकका कर्मचारीलाई बैंकिङ कसुर र संगठित अपराध निवारन एन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी राईले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top