Nepal Times
Nepal Times
3
Shares

विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बन्यो चीन

विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बन्यो चीन

७ जेष्ठ, एजेन्सी ।
जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ । यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो । यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ । एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो । चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र रुसमा बढेको बिक्री ।

गत वर्ष मात्र चीन जर्मनीलाई उछिनेर विश्वको दोस्रो ठूलो कार निर्यातकर्ता बनेको थियो । चीनको जेनरल एड्मिनिस्ट्रेसन अफ कस्टम्सका अनुसार २०२२ मा चीनले ३२ लाख वाहन निर्यात ग¥यो। सो वर्ष जर्मनीले भने २६ लाख सवारी निर्यात ग¥यो ।

तेलबाट चल्ने गाडीको प्रयोग घटेर बिजुली गाडीको प्रयोग बढेसँगै चिनियाँ कार उद्योगको उदय भएको हो । यो वर्षको सुरुवाती तीन महिनामा विद्युतीय कारको निर्यात अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले बढेको छ । टेस्लाको चिनियाँ शाखा, एमजी ब्रान्डको मालिक एसएआईसी, र बीवाईडी चीनका प्रमुख विद्युतीय कार निर्यातकर्ता हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.