विष्णु रिमालले हर्कलाई ’बौलाहा मेयर’ भनेकै हुन् त?

७ जेठ, काठमाण्डौ ।
नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई बौलाहा मेयर भनेपछि राईले मुख खोलेका छन् । आफू लक्षित कुनै पनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काउन खप्पिस मेयर राईले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –’एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’ शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए ।

धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए । उनको यो अभिब्यक्तिको आलोचना भएपछि रिमालले आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै काम गर्न ‘बहुलाउनै पर्ने’ बताएका छन् ।

उनले ७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका छन् । यसअघि रिमालको सार्वजनिक भिडियोमा केपी ओलीको स्टाटसमा पचास हजार लाइक आएमात्रै एमाले पहिलो पार्टी हुने बताएका थिए ।

उनले त्यसमा रवि लामिछाने, हर्क साम्पाङ, बालेन शाहको स्टाटसमा त्यसैगरी लाइक र कमेन्ट आउने बताएका थिए । उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि रिमालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “हो, अब हामी “बहुलाउनै” पर्छ! ०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं ।

त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल ग¥यो । ०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं ।

आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले “बहुलाएरै” नक्सामा सामेल ग¥यौं । सिंगो मुलुक एक ठाउँमा उभियो । अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् ।

सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर! म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ । हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो ! फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद !

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top