×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीके राउतले जनप्रतिनिधिको कामको जाँच गर्ने

७ जेष्ठ २०८०

जनमतले जनप्रतिनिधिको परीक्षण गर्ने
सीके राउतले जनप्रतिनिधिको कामको जाँच गर्ने
७ जेठ ,काठमाण्डौ ।
गएको मंसिर ४ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा मधेसको बलियो शक्तिका रुपमा उदाएको जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे÷नगरेको परीक्षण गर्ने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतवार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पत्र लेख्दै आउदो साउन ६ गते सम्बन्धित पालिका र वडामा जनमत संग्रह हुने जानकारी दिएका हुन् । जनमतले स्थानीय तह निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा जनप्रतिधिको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन भन्ने जानकारी लिन जनमतसंग्रह गराउन लागेको हो ।

Advertisement

जनमत पार्टी ‘राइट टू रिकल’ को अवधारणामा आस्था राख्ने पार्टी भएकोले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कनगरी समय–समयमा सकारात्मक सुझाव दिएर अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गए आवश्यक कारबाही गर्ने उनले स्मरण गरेका छन् ।

Advertisement

जनमत संग्रहमा तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ? भनेर प्रश्न गरिने छ । जसमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरूले मतदान गर्न पाउने छन् । केन्द्र सरकारबाट बाहिरिएको जनमत पार्टी मधेस सरकारबाट भने बाहिरिएको छैन् । यस्तै २ स्थानीय तहको प्रमुख जनमतले जितेको छ भने एक स्थानीय तहको उपप्रमुख जितेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top