Nepal Times
Nepal Times
3
Shares

संसदमा ओलीको अट्याक्क/ के-के बोले ?

संसदमा ओलीको अट्याक्क/ के-के बोले ?

७ वैशाख, काठमाण्डौ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउनु अघि नै बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा संसदमा गएको जेठ ४ गते संभवत नयाँ तथ्य खुलासा गर्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा केन्द्रित हुँदै समग्र विषय वस्तुहरुमाथि आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

उनले आफूले विगतमा अघि बढाएका कार्यक्रमहरुलाई अहिलेको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै आफ्ना उपलब्धिहरुको समेत फेहरिस्त प्रस्तुत गरेका छन् । सरकार र गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले उठाएका मुख्य विषयहरु यस्ता छन् ।
१ ’प्रधानमन्त्रीलाई लागेको होला यो सरकार सफल भनिदिए हुन्थ्यो, तथ्यांकले अर्को बोल्छ के गरौ ?’
२ रोम जलिरहँदा निरोले बाँसुरी बजाएजस्तै सरकारको नीति कार्यक्रम
३ म प्रधानमन्त्रीबाट हटेपछि संघीय भावनालाई समेटिएन
४ एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे
५ कुनैपनि कालखण्डको भ्रष्टाचार छानविन गरौं । इच्छा शक्ति देखाउ
६ निर्वाचनमा सत्तापक्षबाट कुटिकुटी मान्छे मारियो, व्यापक धाँधली गरियो
७ राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?
८ छिमेक सम्बन्धमा काँतर मन र चिसो पन हुनु भएन
९ नागपासा खेलेझैं देशलाई ९९ बाट २ मा कसरी झार्नुभो?
१० २३ महिना संवैधानिक परिषद् नबोलाउने, प्रधानन्यायाधीश चाहियो कि चाहियो भन्ने?
११ जनतालाई दुःख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस–माओवादीसहित गठबन्धन बनेको हो
१२ नेपालको सीमा सुरक्षित नै छ ? कालापानी, लिपुलेक र लम्पियाधुराको अवस्था कस्तो छ ?
१३ सरकारको नीति तथा कार्यक्रमको उद्देश्य छैन
१४. ३ नेताको बैठकमा दुईटा दूधले नुहाएका, म चाहिँ म्याउँ–म्याउँ गर्न गएको?
१५ भ्रष्टाचार जुनसुकै कालको भए पनि छानबिन हुनुपर्छ
१६ नीति कार्यक्रम फिर्ता लिनुस्, नत्र छक्का हानेर रिङ आउट

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.