Nepal Times
Nepal Times
3
Shares

रंगशालाको गेट नखुलेपछि भागदौड,दर्जनबढिको ज्यान गयो

रंगशालाको गेट नखुलेपछि भागदौड,दर्जनबढिको ज्यान गयो

७ जेठ, एजेन्सी ।
सेन्ट्रल अमेरिकी देश एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको हो ।

भागदौडमा मानिसहरूको मृत्यु भएपछि खेल स्थगित गरिएको थियो । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । एल साल्वाडोरका राष्ट्रपति नायिब बुकेलेले घटनाको विस्तृत अनुसन्धान सुरु गरिने बताए । रंगशालाको गेटहरू बन्द भएपछि ठूलो संख्यामा फ्यानहरूले रंगशाला प्रवेश गर्न खोजेपछि दुर्घटना भएको बताइएको छ ।

केही फ्यानहरूलाई नक्कली टिकट बेचेको विषयमा अनुसन्धान भइरहेको बताए । स्थानीय मिडियाले सार्वजनिक फुटेजमा फ्यानहरूले रंगशालाको गेटमा लगाएको अवरोध तल तान्न प्रयास गरिरहेको देखिएको छ । युट्युबमा पोष्ट गरिएको खेलको लाइभस्ट्रिममा रंगशाला बाहिर हंगामा भएपछि खेल स्थगित भएको देखिएको छ ।

फ्यानहरूले जमिनमा भएका मानिसहरूलाई आफ्नो शर्टहरू हल्लाउँदै तिनीहरूलाई चिसो पार्न प्रयास गरिरहेका देखिन्छ । राष्ट्रपति बुकेलेले टोली, व्यवस्थापक, स्टेडियम अधिकारी, लिग र महासंघ सहित सबैलाई छानबिन गरिने बताए । साल्भाडोरन सकर फेडेरेसनले आइतबार हुने सबै राष्ट्रिय स्तरका फुटबल खेलहरू स्थगित गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.