Nepal Times
Nepal Times
3
Shares

बुद्धको जहाज भित्रको मुसा फेला पार्याे

बुद्धको जहाज भित्रको मुसा फेला पार्याे

७ जेठ, काठमाण्डौ ।
उडानका क्रममा शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो ।

आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ । आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ ।

जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ । बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ। ४९ यात्रुहरु सवार बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उक्त उडान शनिबार स्थगित भएको थियो ।

विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिएको थियो । जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो । तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.