रंगशालाको गेट नखुलेपछि भागदौड,दर्जनबढिको ज्यान गयो

७ जेठ, एजेन्सी ।
सेन्ट्रल अमेरिकी देश एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको हो ।

भागदौडमा मानिसहरूको मृत्यु भएपछि खेल स्थगित गरिएको थियो । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । एल साल्वाडोरका राष्ट्रपति नायिब बुकेलेले घटनाको विस्तृत अनुसन्धान सुरु गरिने बताए । रंगशालाको गेटहरू बन्द भएपछि ठूलो संख्यामा फ्यानहरूले रंगशाला प्रवेश गर्न खोजेपछि दुर्घटना भएको बताइएको छ ।

केही फ्यानहरूलाई नक्कली टिकट बेचेको विषयमा अनुसन्धान भइरहेको बताए । स्थानीय मिडियाले सार्वजनिक फुटेजमा फ्यानहरूले रंगशालाको गेटमा लगाएको अवरोध तल तान्न प्रयास गरिरहेको देखिएको छ । युट्युबमा पोष्ट गरिएको खेलको लाइभस्ट्रिममा रंगशाला बाहिर हंगामा भएपछि खेल स्थगित भएको देखिएको छ ।

Advertisement

फ्यानहरूले जमिनमा भएका मानिसहरूलाई आफ्नो शर्टहरू हल्लाउँदै तिनीहरूलाई चिसो पार्न प्रयास गरिरहेका देखिन्छ । राष्ट्रपति बुकेलेले टोली, व्यवस्थापक, स्टेडियम अधिकारी, लिग र महासंघ सहित सबैलाई छानबिन गरिने बताए । साल्भाडोरन सकर फेडेरेसनले आइतबार हुने सबै राष्ट्रिय स्तरका फुटबल खेलहरू स्थगित गर्ने जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top