×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज नेप्सेमा दोहोरो अंकको गिरावट

१४ जेष्ठ २०८०

१४ जेठ, काठमाण्डौ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

Advertisement
Advertisement

नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ ।

नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रु आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रु आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रु सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top