×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेसीले आफ्नो नाममा लेखाए अर्काे इतिहास, बने फुटबल जगतकै सफल खेलाडी

१४ जेष्ठ २०८०

१४ जेठ, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेसीले पुन एक पटक आफूलाई विश्वकै एक अब्बल खेलाडीका रुपमा उभ्याएका छन् । बार्सिलोनाका लिजेण्ड ड्यानी अल्भेसको फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। दुवैले आफ्नो करियरमा ४३ वटा उपाधि जितेका छन्।

पार्क डेस प्रिन्सेस टोलीले शनिबार लिगमा स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै ११ औं पटक लिग वानको उपाधि जित्न सफल भएको छ। क्रिस्टोफर गाल्टियरको टोलीका लागि ५९ औं मिनेटमा मेस्सीले गोल गरेका थिए। अर्जेन्टिनी स्टारको ट्रफी क्याबिनेट लगातार सजिंदै गएको छ।

Advertisement
Advertisement

उनले फिफा विश्वकप र कोपा अमेरिका एक पटक, युइएफए च्याम्पियन्स लिग चार पटक, फिफा क्लब विश्वकप तीन पटक, ला लिगा १० पटक, लिग वान दुई पटक, यूईएफए सुपर कप तीन पटक, कोपा डेल रे सात पटक, सुपरकोपा डे स्पाना आठ पटक, फ्रेन्च सुपर कप एक पटक र फाइनालिसिमा एक पटक जितेका छन्।

यस सिजन पीएसजीको लिग वान जितमा मेसीले मुख्य भूमिका खेलेका छन्। उनले यस अवधिमा ३१ खेलमा १६ गोल गरेका छन् र १६ असिस्ट प्रदान गरेका छन्। मेस्सीले लिगमा हालसम्म ५७५ खेलमा ४७ हजार ३९ सेकेन्ड मैदानमा बिताउँदा ४९६ गोल र २४७ असिस्ट दिएका छन् । रोनाल्डोले ६२६ खेलमा ५१ हजार ६९ सेकेन्ड मैदानमा बिताउँदा ४९५ गोल र १५१ असिस्ट दिएका छन् ।

सन् २०२० मा कीर्तिमानको लागि रोनाल्डोसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दा मेसीले म गोल गर्ने बारेमा कम र कम सोच्ने बताएका थिए । ‘स्पष्ट रूपमा मलाई गोल गर्न मनपर्छ, र यदि मौका छ भने म यसलाई लिनेछु, तर म पिचमा जाँदा म गोल गर्नमा कम र खेलमा बढी ध्यान केन्द्रित गर्छु । म कहिल्यै गोलको मोहमा परेको छैन ।’ मेसीले भनेका थिए ।

Advertisement

मेसीले यो सिजनको अन्यसँगै पिएसजी छाड्ने सम्भावना छ । मेसीको बार्सिलोना फर्कने सम्भावना रहँदा उनीसँग साउदी प्रो लिगमा रोनाल्डोसँग पुनः मिल्ने आकर्षक प्रस्ताव पनि छ । तर मेसीले के गर्छन भन्ने विषय अहिले सम्म खुलेको छैन् । यो कौतुहलता विश्वभरका फुटबल प्रेमीका लागि सर्वाधिक प्रतिक्षाको विषय बनेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top