×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

रेशमलाई ओलीले दिएका थिए ज्याकेट र जुत्ता

४ असार २०८०

४ असार, काठमाण्डौ ।
गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन् । यसक्रममा आज उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् । सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो ।

सो भेटमा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए । ’हामीबीच राजनीतिक भेटघाट भएको हो । भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो,’ रेशमले भने । ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए ।

Advertisement

उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए । ’उहाँको जेल जीवन पनि एकदमै कस्टकर थियो। उहाँले कसरी जेल पु¥याएको, कसरी गोलघरमा राखेको, जाडो, गर्मी कसरी कटाएको बारे बताउनुभयो,’ उनले भने। रेशम चौधरी जेलमा रहँदा एमाले अध्यक्ष ओलीले ज्याकेट र जुत्ता पठाइदिएका थिए ।

उनले जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिए । यसअघि रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए । प्रधानमन्त्री दाहालसंग जेठ २९ गते बालुवाटारमा भएको भेटवार्तामा रेशमसंगै उनकी पत्नी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन् ।

सो क्रममा सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतिअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, चौधरीले टीकापुर घटनामा थारूहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन र सो घटनामा निर्दोष थारूहरु जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरेका थिए ।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारूहरुलाई न्याय दिनुपर्ने सुझाव दिएका थिए । रेशमले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसंग पनि भेट गरेका थिए । बाबुरामले उनलाई खाँदा लगाएर स्वागत गरेका थिए । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका थिए ।

Advertisement

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रेशमले आजै धरानका मेयर हर्क साङपाङलाई भेट्ने कार्यक्रम छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top