अनिल केशरी शाह रास्वपामा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

७ असार, काठमाण्डौ ।
सेलिब्रेटी पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपा सांसद् शिशिर खनालले उक्त जानकारी दिएका हुन्। पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन्। उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन् । बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका थिए। उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष संवादमा पनि सहभागि भएका थिए । घोषणापत्रलाई प्रविधिको माध्यमबाट प्रदर्शन गरेको एमालेले त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिबेट कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा शाहले चलाएका थिए । बैंकर अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्यस्वरी शाहका नाति हुन् ।

Advertisement

उनी डा. नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका जेठा छोरा हुन् । अनिलका बुबा डा. नारायण केसरी शाह चर्चित कुटनीतिज्ञ, तथा मानवअधिकारवादी ऋषिकेश साहका भाइ हुन् । उनको विवाहिक नाता नेपाली कांग्रेसका नेता सुवर्ण शमसेर राणाकी नातिनी रति राज्यलक्ष्मीसँग जोडिएको छ ।

कुटनीतिक परिवारको सदस्य भएकाले अनिल भाइ उज्वल केशरी शाह दुबैको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भएको थियो । अनिलले वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरेका छन् । संसारको आकर्षण मानिने अमेरिकामा अवसर हुँदाहुदै वृत्ति विकासका लागि अनिलले नेपाललाई नै रोजे ।

Advertisement

उनले नेपालको स्टान्र्डड चार्टर बैंक तथा नविल बैंकमा लामो समय जागिरे जीबन बिताएका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ।

उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

१ वर्ष अगाडि स्थापना भएको रास्वपा गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनबाट चौथो ठूलो शक्तिका रुपमा संसदीय राजनीतिमा उदाएको थियो। प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा सरकारमा सामेल भएको रास्वपा संघीय संसद्मा अहिले भने प्रतिपक्षमा छ। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्। रास्वपाकै नेता तथा सांसद इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख छिन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top