×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

प्रचण्ड र विप्लवबीच पार्टी एकता संवाद

७ असार २०८०

७ असार, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित रह्यो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता गर्नेबारे पनि कुराकानी भयो।’ पछिल्लो समय आन्दोलनका उपलब्धीको रक्षाका लागि माओवादी घटकबीच एकताका लागि छलफल अगाडि बढेको बताइएको छ।

Advertisement
Advertisement

दुई दिन अघि मात्रै माओवादी नेकपा, नेकपा एस र जसपासहितको समाजवादी मोर्चा घोषणा गरिएको थियो । सो मोर्चाका सुत्रधार मानिएका नेपास समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई भने समावेश गरिएको छैन् । यसैले पनि यो मोर्चालाई बाबुरामले सत्ता स्वार्थको मोर्चा भएको टिप्पणी गरेका छन् । डा बाबुराम प्रधानमन्त्री प्रचण्ड र विप्लवका सहयोद्धा हुन् ।

यता बाबुरामलाई समाजवादी मोर्चामा नसमेटिएपछि उनले सानादलहरु नगरिक उन्मुक्ति, जनमत, लोसपा लगायतका दलहरुलाएई समेटेर छुट्टै मोर्चाको तयारीमा जुटेको सानादलका नेताहरुले बताएका छन् । नेकपा एकता अभियान नै चलाईरहेका बामदेव गौतम पनि समाजवादी मोर्चामा हटाएका छैनन् । पछिल्लो समय वादेव भने एमालेमा फर्किने तयारीमा छन् ।

शान्ति प्रक्रियापछि पनि फेरि सशस्त्र संघर्षमा उत्रिएपछि विप्लव समूह ०७५ सालमा प्रतिबन्धमा परेको थियो। तर, २१ फागुन २०७७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसंग तीन बुँदे सहमतिपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खुला राजनीतिमा आएको थियो ।

Advertisement
Advertisement

त्यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । ०७७ मा सरकारसंग सहमति हुँदा विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने र सरकार पक्षबाट लगाइएका मुद्दा खारेज गर्ने सहमति दुई पक्षबीच भएको थियो । यस्तै वर्तमान संविधान अन्तर्गत रहेर खुला रुपमा आफ्नो एजेण्डासहित राजनीति गर्ने विप्लव समूहले सहमति गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top