×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

समाजवादी मोर्चालाई लिङदेनको काउन्टर

५ असार २०८०

५ असार, काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले समय समयमा दोहो–याइरहने विषय हो जनताको संघर्षबाट प्राप्त परिवर्तन उल्ट्याउने प्रयास भयो । यही कथन उनले सोमवार घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को औचित्य पुष्टि गर्न पनि दोहो–याए।

Advertisement
Advertisement

जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएकाले त्यसको रक्षाका लागि मोर्चा गठन गरिएको उनको भनाई थियो। उनले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताए ।

उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरु बिरुद्धको युद्ध भएको बताएका थिए । तर प्रचण्डको अभिब्यक्ति र नवगठित समाजवादी मोर्चाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कडा टिप्पणी गरेका छन् ।

उनले ‘देशमा आएको परिवर्तन केही व्यक्ति र तिनका परिवारका लागि मात्र भएको आरोप लगाउँदै जे जे मोर्चा बनाए पनि त्यसलाई उल्ट्याउनुपर्ने’ वताएका छन्।

‘परिवर्तन सकारात्मक भएन र त्यो परिवर्तन केही व्यक्ति, तिनका परिवार र नातागोताका लागि मात्र भयो’, लिङ्देनले मंगलवार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश र जनताले अहिले जस्तै दुःख पाइरहे भने जे आवरण दिनुहोस्, जे जे मोर्चा बनाउनुहोस्, तपाईंको त्यस्तो महान् उपलब्धि (परिवर्तन) लाई बारम्बार उल्टाइरहनुपर्ने हुन्छ।

जबसम्म परिवर्तन जनताका लागि हुँदैन।’ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते पहिलो पटक संसद विघटन गरेपछि सुरु भएको मोर्चा गठनपछिल्लो समय समाजवादी मोर्चासम्म आएको छ । मोर्चामा अहिले संसदभित्रका माओवादी, जसपा र एकीकृत समाजवादी छन् भने संसद वाहिरबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध उभिएका दाहाल, माधव नेपाल र उपेन्द्र यादव नै अहिले मोर्चामा छन्। यो मोर्चालाई नेकपा समाजवादीका अध्यक्ष वाबुराम भट्टराईले समेत सत्ता बार्गेनिङको अस्त्र बन्ने टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

माओवादीले माओवाद नछोडेको, एकीकृत समाजवादी, माओवाद स्वीकार नगर्ने र चन्दको पार्टी संसदीय प्रकृयालाई नै फोहोरी खेल भन्दै दाहालसँग विद्रोह गरेको अवस्थामा सत्ताको वरिपरि घुम्ने जसपा मोर्चामा आवद्ध रहेका छन् । यस्तो अवस्थामा मोर्चाको औचित्य कसरी पुष्टि गर्ने भन्ने नै समाजवादी मोर्चा र यसका नेताहरुलाई अन्यौलता रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top