कर वृद्धिको विरोध भएपछि वृद्धि भएको करको अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन

१९ भदौ ७५, बुधबार

विराटनगर, भदौ २०
वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित दलहरुले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।

Advertisement

अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले वृद्धि भएको करको अध्ययन गर्न विज्ञहरु सहितको कार्यदल गठन गरेको हो ।

सर्वदलीय, सर्वपक्षिय संयुक्त संघर्ष समितीले धरान उमपहानगरपालिकाको कार्यलयमा तालाबन्दी गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि उपमहानगरपालिकाले समितीसँग गरेको छलफलबाट कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

Advertisement

कार्यदलले हालको व्यवस्था तथा सम्भाव्यता, क्षेत्र, दर, करको दायरा समेतको विस्तृत रुपमा वैज्ञानिक र व्यवहारिक अध्ययन गरी १० दिन भित्र उपमहानगरपालिकालाई प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ ।

विज्ञसहितको टोलिले दिएको प्रतिवेदनलाई राजस्व परामर्श समितीमा छलफल गरे पछि सुधार गर्नुपर्ने विषय देखिए नगरसभामा पुर्याएर टुङ्गो लगाईने धरान उप–महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top