बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२० भदौ २०७५, बुधबार
Share this
689shares

विराटनगर,भदौ २०
बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा मोरङको सुन्दरहरैंचामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

Advertisement

शिविरको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय चन्द्रकला परियारको ब्लड प्रेसर जाँच गरेर  उद्घाटन गरे ।

मोरङको सुन्दरहरैंचा–६ स्थित गछिया अधारभूत विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा नोबेल मेडिकल कलेजका डाक्टरद्वारा बिरामीको जाँच गरी निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

Advertisement

र्यक्रममा डा. कोइरालाले बीपी कोइराला आफैं पनि गरिब जनताको पक्षधर भएका कारण बीपीका अनुयायीहरूले गरिब जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले अब कांग्रेसले सत्ता पक्षले गर्न नसकेका जनताका काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top