×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

बालेनको गुन तिर्दै हर्कले भने करोडौंका प्रधानमन्त्री

२२ असार २०८०

२२ असार, विराटनगर ।
गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक दर्जन स्वतन्त्र जनप्रतिनिधि मध्ये एक वर्षको अवधिमा जनतामाझ चर्चाको शिखरमा रहेका दुई मेयर हुन् काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह वालेन र धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । संजोक मात्रै हो निर्वाचनमा दुवैको चुनाव चिन्ह थियो लौरो ।

त्यस बाहेक कुनै ब्यक्तिगत र राजनीतिक सम्बन्धमा नजोडिएका दुवै युवाहरुले निर्वाचनमा जनताको अपार मत पाएर मेयर पद सम्हालिरहेका छन् । मेयरको कार्यकाल सम्हालेको एकपछि वितिसकेको अवस्थामा सुरुवातका दिनमा कामको लय समात्दै गर्दा यी दुईबीच सामाजिक संजालमा लामो जुहारी नै चल्यो ।

Advertisement

एकले अर्कालाई जनताको पक्षमा काम गर्ने सवालमा आफूलाई एकअर्काभन्दा अब्बल सावित गर्न खोजे । काठमाडौंमा फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै बालेनप्रति तिखो टिप्पणी गर्ने हर्क र सोही वमोजिमको हैैसियत सामाजिक संजालमा हर्कलाई देखाइदिएका बालेन अहिले देखिएका यी दुई जनप्रतिनिधि अहिले एकअर्काको आडभरोसा र दुःख सुखको साथी बनेका छन् ।

पछिल्लो समय धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशीले बनाएको प्रधानमन्त्रीबाट ’आशा गर्न नसकिने’ भन्दै बालेनलाई साथ दिएका छन् । बिहीबार राति ट्विटरमा काठमाडौं महानगरका मेयर बालेन शाहको पोस्टमा प्रतिक्रिया जनाउँदै हर्कले लेखेका छन्,“करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?“ निरन्तर नेताहरूबारे खरो टिप्पणी गर्दै आएका बालेनले ’भारतीय गुलाम’ले देश चलाइरहेको बताएका छन् ।

उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् । “दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?,“ बालेनले भनेका छन् ।

यसअघि हर्कले फेसबुकमा एक स्टाटस लेख्दै आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको गुनासो गरेका थिए । यसमा बालेनले हर्कलाई सान्त्वना दिएका थिए । हर्कले उनले फेसबुकमा भनेका थिए , ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ ।

दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’ उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने । मेयर हर्कको सोही स्टाटसमा सान्त्वना प्रदान मेयर बालेनले दुःखमा आफू साथमा रहेको बताएका छन् ।

उनले कमेन्टमा भनेका थिए्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’ उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ । धरानमा खानेपानीको प्रवन्ध गर्न दुई महिना अघि काठमाडौं पुगेका हर्कले बालेनलाई भेटेका थिए । सो क्रममा दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top