×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

अमेरिकासंग फेरि कड्किए रावलः भने, mcc कालागि दबाब किन?’

३० असार २०८०

३० असार, काठमाण्डौ ।
अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर एमाले नेता डा.भीम रावल फेरि कड्किएका छन् । रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति शनिबार टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर ठूला दल दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’,उनले ट्वीट गरेका छन्,‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुराको रहस्य के हो?’ दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एकदिने नेपाल भ्रमण क्रममा शुक्रबार गरिएका उच्चस्तरीय भेटवार्तामा एमसीसीसँगको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएको बताइएको छ ।

Advertisement

लुले सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको एमसीसी कार्यान्वयनको विषय उठाएका हुन । पत्नीशोकमा परेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भने मन्त्री लुले राजनीतिक र एमसीसीबारे कुरा गरेनन ।

आफू, राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताका तर्फबाट समवेदना प्रकट गरे । जवाफमा दाहालले दुई मुलुकबीच लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै संवेदनशील घडीमा समवेदना दिन आएकामा लु, अमेरिकी राष्ट्रपति र जनतालाई धन्यवाद दिएको बैठकमा सहभागी प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले जानकारी दिए । एमसीसी संसद्बाट अनुमोदनअघि पनि लु २०७८ मंसिरमा नेपाल आएका थिए ।

सोही वर्षको फागुन १५ मा एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको थियो । यस पटक पनि लुले कांग्रेस सभापति देउवासँग धुम्बाराहीमा गरेको भेटवार्तामा एमसीसी सम्झौता कार्यान्वनदेखि नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । देउवाको सचिवालयका अनुसार भेटमा नेपाल–अमेरिका सम्बन्ध, लोकतन्त्र र मानव अधिकारको विषयमा पनि कुराकानी भएको थियो ।

एमाले अध्यक्ष ओलीसँग पार्टी कार्यालयमा भएको भेटवार्तामा मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयन हुँदै गरेकामा धन्यवाद व्यक्त गरे । लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी पनि ओलीलाई गराएका थिए । लुले परराष्ट्रमन्त्री एनपी साउदसँग लामो कुराकानी गरेका छन ।

Advertisement

उनीहरूबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । मन्त्री साउदसँग लुले एमसीसी कार्यान्वयनबारे चासो राखेको बताइएको छ । नेपालमा एमसीसी अनुमोदन भएर आगामी भदौ दोस्रो साताबाट कार्यान्वयनमा जानेछ भने सम्झौता कार्यान्वयन अवधि ५ वर्षको हुनेछ । लुको भ्रमण यही विषयमा केन्द्रित देखिन्छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top