×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

बलात्कार आरोपमा बेन्जामिन मेन्डीले पाए सफाई

३० असार २०८०

३० असार,एजेन्सी ।
३ वर्षअघि चार बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लागेर म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डी निलम्बनमा परेका थिए । जसका कारण उनको २८ वर्षमै फुटबल करिअर धरापमा परेको थियो । उनै बेन्जामिन मेन्डी शुक्रबार भने निर्दोष सावित भए । चेस्टर क्राउन कोर्टमा तीनसाता लामो सुनुवाइपछि न्यायाधीशले उनलाई निर्दोष भएको फैसला सुनाएपछि यी फ्रान्सेली स्टारको आँखामा आँसु थामिएनन् ।

उनका लागि यी आरोपबाट मुक्त हुन पनि जरुरी थियो किनकि उनको अन्तर्राष्ट्रिय र क्लब फुटबल करिअर नै तहसनहस हुन लागेको थियो । मेन्डीका लागि महिलाहरूले बलात्कार र यौनजन्य हिंसाको कुरा पहिलो पटक उठाएका होइनन् । सायद उनको यो मुद्दा पनि बलात्कार र महिला हिंसामा अन्त्य हो भन्न पनि सकिन्न । किनकि यो बीचमा उनीमाथि धेरै महिलाहरूले बलात्कार र यौन हिंसाका कुराहरू उठाएका थिए ।

Advertisement

मेन्डीको फुटबल करिअरमै असर पार्ने यो काण्डको सुरुवात भने २०२० को अक्टोबर मा सुरु भएको थियो । जतिबेला उनी म्यानचेस्टर सिटीमा अनुबन्धित थिए । यी २८ वर्षीय युवकलाई आफ्नो ४ मिलियन पाउन्डको बंगालामा एक २४ वर्षीय महिलालाई लगेर बलात्कार गरेको आरोप लागेको थियो । त्यसो त उनीमाथि अर्की एक २९ वर्षीया महिलाले पनि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

उनले पनि दुई वर्षअघि आफ्नो घरमा नै लगेर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसो त उनका यी मुद्दा गत जनवरीमा छवटा बलात्कार मुद्दाको सफाइपछि आएको थियो । त्यसैले त मेन्डीका लागि यो फैसला अन्तिम बन्न सक्छ भन्न सकिन्न । न्यायाधीश स्टिभन एभरेटले भने, ‘मेन्डीलाई अब कठघराबाट मुक्त गर्न सकिने छ ।’

उनको यो अभिव्यक्तिसँगै मेन्डीले राहतको लामो सास फेरेका थिए । यसै महिना म्यानचेस्टर सिटीसँगको सम्झौताको म्याद सकिएका मेन्डीले यसअघि युवती तथा केही किशोरीहरूसँग सम्बन्धित बलात्कार र यौन हिसासँग सम्बन्धित मुद्दामा पनि सफाइ पाएका थिए । न्यायाधीशहरूले बलात्कार र बलात्कार प्रयासका अझै दुई मुद्दाहरूमा अन्तिम फैसला दिन सकेनन् ।

उनीहरूले पुनः परीक्षणका लागि अनुमति दिए । मेन्डीमाथि अभियोजनकर्ताहरूले धेरै महिलालाई दुर्व्यवहार गर्ने उनको बानी परेको समेत दावी गरेका थिए । मेन्डीले सन् २०१८ मा फ्रान्ससँग फिफा विश्वकप उपाधि उचालेका थिए । त्यसो त युरोपियन फुटबलमा फुटबलहरूमाथि लाग्ने बलात्कार र यौन हिंसाका मेन्डी एक्ला साक्षी भने होइनन्।

उनीअघि पनि चर्चित अन्तरष्ट्रिय फुटबलरमाथि यौन हिंसाको आरोप लाग्ने गरेको छ। तर प्रमाणित भने खासै भएका छैनन् । रोनाल्डोदेखि नेमार तथा करिम बेन्जिमासम्मले यौन दुर्व्यवहारको मुद्दामा आरोप खेपेका छन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top