इन्टर मियामीले सार्वजनिक गर्याे मेसी/जर्सी नम्बर १०

२ साउन, एजेन्सी ।
अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सार्वजनिक रुपमा देखिएका छन् । तीन दिन अघि औपचारिक रुपमा मियामीसँग तीन वर्षे सम्झौता गरेका मेसीले मियामीको १० नम्बर जर्सी लगाउने भएका छन्। क्लबले करिब २० हजार दर्शकमाझ मेसीलाई सार्वजनिक गरेको छ।

Advertisement

आफूलाई हेर्न आएका दर्शकलाई ३६ वर्षीय मेसीले धन्यवाद दिएका थिए। उनले आफ्नो पुरानै चाहना इन्टर मियामीमा पनि कायम रहने पनि बताए। यसअघि बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएपछि मेसीले त्यहाँ ३० नम्बरको जर्सी लगाएका थिए। त्यसअघि उनले बार्सिलोनामा १० नम्बर जर्सी लगाएका थिए।

अर्जेन्टिनी कप्तान मेसीले १० नम्बर जर्सीमा खेल्दै आएका छन् । मेसीलाई इन्टर मियामीले सार्वजनिक गरिरहँदा ‘अमेरिकाको नम्बर १०, विश्वको सर्वोत्कृष्ट नम्बर १०’ भनेर सम्बोधन गरिएको थियो। ‘म प्रतिस्पर्धा गर्न प्रशिक्षण सुरु गर्न चाहन्छु। प्रतिस्पर्धा गर्न, उपाधि जित्न र क्लबलाई विकाश गर्न चाहने मेरो इच्छा यहाँ पनि कायमै रहने छ, दर्शकसामु मेसीले भनेका छन् ।

Advertisement

मेसी शनिबार औपचारिक रूपमा अमेरिकी एमएलएस टिम इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि अनुबन्ध भएका थिए । सात पल्टका बालन डे’अर विजेता ३६ वर्षीय मेसीले पछिल्लो सिजनको समाप्तीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए । मियामीका मालिकमध्ये एक रहेका डेविड बेकह्यामले मेसीलाई अनुबन्ध गर्न सक्नु आफ्नो टिमका लागि सपना साकार भए जस्तै भएको बताएका छन् ।

अब मेसी मियामीले जुलाई २१ मा हुने लिगकपको खेलका लागि उपलब्ध हुनेछन् । यो खेल क्रुज एजुलविरुद्ध हुनेछ । मेसीले यस वर्षको बालन डे’अर पनि जित्ने विश्वास गरिएको छ । पीएसजीका लागि मेसीले ७५ खेलमा ३२ गोल गरे ।

Advertisement

गत सिजन मात्रै उनले १६ गोल गरे भने १६ थोलका लागि अवसर पनि सिर्जना गरे । बार्सिलोनामा २१ वर्ष लामो समय बिताएपछि उनी सन् २०२१ मा पीएसजी आएका हुन् । बार्सिलोनाका लागि उनले ६ सय ७२ गोल गरे र यसबीच १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पेनी कप जिते ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top