×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अमेरिकामा आँधी,वर्षा र बाढी, ५ करोड मानिस प्रभावित,१५ सय उडान रद्द

२ श्रावण २०८०

२ साउन, एजेन्सी ।
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्युयोर्क र न्युजर्सीका प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडान अवरुद्ध हुनुका साथै ‘ग्राउन्ड स्टप’ गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।

न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको फ्लाइट ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् ।

Advertisement
Advertisement

सहरको अर्को विमानस्थल लागार्डिया विमानस्थलमा रद्द भएका उडानहरूको संख्या २७० पुगेको छ । बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आइतबार साँझ आएको आँधीबेहरीका कारण विमानस्थलका धेरै उडान अवरुद्ध बनेका छन् । फ्लाइटअवेयरको तथ्यांकानुसार करिब २६० उडान रद्द भएका छन् ।

Advertisement
Advertisement

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतबार भारी वर्षाका कारण न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया, डेलावेयर र मेरिल्यान्डका केही भागमा बाढी र विद्युत् आपूर्ति बन्द भएको थियो । पाँच करोड ६० लाखभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top