टिकटकमाथि फेरि खनियो अमेरिका,राष्ट्रिय सुरक्षाका जोखिम

१ साउन ८०, मंगलबार

२ साउन, एजेन्सी ।
टिकटकका माध्यामबाट चीनलाई घेरिरहेको अमेरिकाले फेरि एकपटक टिकटकलाई राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भनेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका हुन्।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पु¥याउने गरेको सङ्घीय जाँच ब्यूरो (एफबीआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन्।

एफबीआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो।

Advertisement

राष्ट्रपति जो बिडेनले पनि उक्त कानुनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गरेको द हिलमा जनाइएको छ। जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुन् र ‘हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन ट्रुथ’ र ‘इट्स टाइम फर ए भ्यालुज बेस्ड इकोनोमिक नेटोका’ लेखक हुन्।

नीति नियमका विश्लेषकहरूले हानिकारक सोसल मिडिया कम्पनीहरूको डेटा सङ्कलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटक मात्र व्यक्तिगत विवरण सङ्कलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन्।वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव लिइएको छ।

Advertisement

चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण सङ्कलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीत–सङ्गीतदेखि उसले कति छिटो सवारी चलाउँ भन्नेसम्मका सूचना सङ्कलन गर्ने द हिलमा जियानलीले लेखेका छन्।

टिकटकमाथि यसअघि देखि नै अमेरिकामा पूर्ण प्रतिबन्ध लगाउनु पर्ने वहस जारी रहेको छ । यसमाथि क्यानडा, भारत, बेलायत, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेल्जियम, डेनमार्क, अष्ट्रेलिया लगायतका झन्डै एक दर्जन देशहरुले पूर्ण प्रतिबन्ध लगाईसकेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top