×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फाँसीको प्रावधान हटाउन राष्ट्रसङ्घको आग्रह

१३ श्रावण २०८०

१३ साउन, एजेन्सी ।
संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो । सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई शुक्रबार फाँसी दिइएको थियो ।

उता कुवेतमा विहीबार सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई मृत्युदण्ड दिइएको थियो । गएको वर्ष नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी देश कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

Advertisement
Advertisement

साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले कुवेत र सिङ्गापुरमा यो हप्ता दिइएका मृत्युदण्डको निन्दा गरी कुनै पनि अवस्थामा हुने मृत्युदण्ड मान्य नहुने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Advertisement

कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १ सय ७० भन्दा धेरै देशको पक्षमा सामेल हुन उनको आग्रह छ । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागु औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको अवस्थामा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top