×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटालीयन ‘लेजेन्ड’ बुफोनको सन्यास

१८ श्रावण २०८०

१८ साउन, एजेन्सी ।
इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो सबै मानिसहरू हो । तपाईंले मलाई सबै दिनुभयो । मैले तपाईंलाई सबै दिए । हामीले यो सँगै ग¥यौं ।’

बुफोनले २८ वर्षको व्यवसायिक खेल करिअर अन्त्य गरेका हुन् । उनले यो २८ वर्षको अवधिमा २००६ देखि युभेन्ट्सबाट १० सिरी ‘ए’ र पेरिस सेन्ट–जर्मेनबाट एक लिग वान उपाधि जितेका छन् । बुफोनले सन् १९९५ मा पर्माबाट व्यसायिक खेल करिअर सुरु गरेका थिए । पर्मा अहिले सिरी ‘बी’ मा छ ।

Advertisement
Advertisement

पर्मासँग २०२४ सम्म सम्झौता गरेका बुफोनले चोटसँग संघर्ष गर्दा गत सिजन १९ पटक मात्रै खेले । पर्माको एकेडेमीबाट आफ्नो करियर सुरु गरेका उनले सन् १९९५ को नोभेम्बरमा सिरी ‘ए’ मा डेब्यु गरे । उनी २००१ मा त्यसबेला गोलरक्षकको कीर्तिमानी ३२.२ मिलियनमा युभेन्ट्समा आबद्ध भएका थिए ।

सन् २०१८–१९ मा पिएसजीमा पुगेका उनले अधिकांश समय टुरिनमै बिताए । उनले युभेन्ट्सका लागि ६५७ र इटालीका लागि १७६ क्याप जितेका छन् । यो गोलरक्षकको लागि सबै समयको धेरै क्याप हो । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।

Advertisement

सन् २००६ मा बर्लिनमा भएको विश्वकपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए । निर्धारित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा इटोलीले ५–३ ले बाजी मारेको थियो । बुफोनले व्यवसायिक खेल करिअरबाट सन्यास लिएसँगै विश्वभरका फुटबलप्रेमीले उनलाई सम्मान प्रदान गरिरहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top