विदेशमा पढेका भन्दा नेपालमै डाक्टरी पढेका अब्बल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन् । परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना फेल भएका थिए। सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए । तीमध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन्।

सन् २०१६ मा तीन हजार तीन सय नौजना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए।सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जनामध्ये आठ सय ५५ जना फेल भएका थिए।

Advertisement

सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन् । एकपटक लाइसेन्स परीक्षामा फेल भएका डाक्टर दोहोर्याएर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। डाक्टरी पढेका विद्यार्थीले काउन्सिलको परीक्षा पास नगरेसम्म नेपालमा चिकित्सा क्षेत्रमा काम गर्नु अवैध मानिन्छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top