×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री पहिला न्युयोर्क त्यसपछि चीन जाने

२८ श्रावण २०८०

२८ साउन,काठमाण्डौ ।

दक्षिणी छिमेकी मुलुक भारतबाट पहिलो विदेश भ्रमण सुरु गरेर उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब भने चीनअघि अमेरिका जाने भएका छन् । पटक पटक धकेलिदै आएको प्रचण्डको चीन भ्रमण यस पटक राष्ट्र संघको महासभाका कारण धकेलिएको छ ।

Advertisement
Advertisement

आउँदो असोजको पहिलो साता उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युर्योक जादैछन् । त्यतैबाट प्रचण्ड चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेका कारण कता जाने भन्ने अन्योल भएको थियो ।

नेपालले गरेको अनुरोधलाई राष्ट्रसंघको मुख्यालयले स्वीकार गर्दै असोज ५ गते निर्धारित सम्बोधनको समयलाई एक दिनअघि अर्थात् असोज ४ गते सारिदिएपछि दुवैतिर जान सम्भव भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार अब प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

“राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जानुहुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति एवं प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अरू नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

यसैबीच आफ्नो चीन भ्रमणलाई लिएर प्रधानमन्त्री दाहालले यसलाई मुलुकको अर्थतन्त्रको गेमचेन्जर हुने बताएका छन् । दाहालले चीनसँग पनि विद्युतीय व्यापारको सम्झौता हुने बताएका छन् । यसबारे दुई देशबीच सकारात्मक कुराकानी भएको बताउँदै उनले सहमति पत्रमा हस्ताक्षर हुने बताए ।

युवा दिवसको अवसर पारेर शनिबार भरतपुर महानगरपालिकाले पटिहानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विद्युतको व्यापारबाट अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन दाबी गर्दै उनले विद्युत उत्पादन बढाएर त्यसको व्यापारले नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउन गेम चेनन्जर ल्याउन लागेको बताए ।

’दश हजार मेगावाट विद्युत उत्पादन गर्न सकियो भने ठूलो क्रान्ति ल्याउने नेपालको अर्थतन्त्रको गेमचेन्जर हुनसक्छ । युवालाई विदेश जान नपर्ने, देशभित्रै रोजगारी सिर्जना गर्न सरकारको ध्यान गएको छ,’ उनले भने।रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताउँदै अबको भ्रमणमा चीनसँग दुई देशीय हस्ताक्षर हुने उनले बताए ।

‘भारतको बाटो हुँदै बंगलादेशमा विद्युतको ब्यापार गर्ने सहमति भएको छ । भोलिको दिनमा नेपालको भविष्यलाई अझ सुदृढ गर्छ भन्ने हाम्रो विश्वास छ । अब म चीन भ्रमणमा जाँदैछु। चीनसँग विद्युत र भौतिक पूर्वाधारको निमार्णको क्षेत्रमा नयाँ सहमति हुने स्थिति छ,’ उनले भने।

उनले भारतसँग जस्तै रसुवा नाकाबाट क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताए। उक्त सम्झौता चीन भ्रमणको क्रममा हस्ताक्षर हुने उनले बताए । कर्णाली चिसापानी र बुढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top