NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री पहिला न्युयोर्क त्यसपछि चीन जाने

आइतवार साउन २८ , २०८०
Reading Time: 1 min read
A A
अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ साउन,काठमाण्डौ ।

दक्षिणी छिमेकी मुलुक भारतबाट पहिलो विदेश भ्रमण सुरु गरेर उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब भने चीनअघि अमेरिका जाने भएका छन् । पटक पटक धकेलिदै आएको प्रचण्डको चीन भ्रमण यस पटक राष्ट्र संघको महासभाका कारण धकेलिएको छ ।

आउँदो असोजको पहिलो साता उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युर्योक जादैछन् । त्यतैबाट प्रचण्ड चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेका कारण कता जाने भन्ने अन्योल भएको थियो ।

नेपालले गरेको अनुरोधलाई राष्ट्रसंघको मुख्यालयले स्वीकार गर्दै असोज ५ गते निर्धारित सम्बोधनको समयलाई एक दिनअघि अर्थात् असोज ४ गते सारिदिएपछि दुवैतिर जान सम्भव भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार अब प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

“राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जानुहुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति एवं प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अरू नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

यसैबीच आफ्नो चीन भ्रमणलाई लिएर प्रधानमन्त्री दाहालले यसलाई मुलुकको अर्थतन्त्रको गेमचेन्जर हुने बताएका छन् । दाहालले चीनसँग पनि विद्युतीय व्यापारको सम्झौता हुने बताएका छन् । यसबारे दुई देशबीच सकारात्मक कुराकानी भएको बताउँदै उनले सहमति पत्रमा हस्ताक्षर हुने बताए ।

युवा दिवसको अवसर पारेर शनिबार भरतपुर महानगरपालिकाले पटिहानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विद्युतको व्यापारबाट अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन दाबी गर्दै उनले विद्युत उत्पादन बढाएर त्यसको व्यापारले नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउन गेम चेनन्जर ल्याउन लागेको बताए ।

’दश हजार मेगावाट विद्युत उत्पादन गर्न सकियो भने ठूलो क्रान्ति ल्याउने नेपालको अर्थतन्त्रको गेमचेन्जर हुनसक्छ । युवालाई विदेश जान नपर्ने, देशभित्रै रोजगारी सिर्जना गर्न सरकारको ध्यान गएको छ,’ उनले भने।रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताउँदै अबको भ्रमणमा चीनसँग दुई देशीय हस्ताक्षर हुने उनले बताए ।

‘भारतको बाटो हुँदै बंगलादेशमा विद्युतको ब्यापार गर्ने सहमति भएको छ । भोलिको दिनमा नेपालको भविष्यलाई अझ सुदृढ गर्छ भन्ने हाम्रो विश्वास छ । अब म चीन भ्रमणमा जाँदैछु। चीनसँग विद्युत र भौतिक पूर्वाधारको निमार्णको क्षेत्रमा नयाँ सहमति हुने स्थिति छ,’ उनले भने।

उनले भारतसँग जस्तै रसुवा नाकाबाट क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताए। उक्त सम्झौता चीन भ्रमणको क्रममा हस्ताक्षर हुने उनले बताए । कर्णाली चिसापानी र बुढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

Tags: #चीन भ्रमण#चीन भ्रमण गेमचेन्जर#प्रचण्डको चीन भ्रमण#प्रधानमन्त्री पहिला न्युयोर्क

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.