×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुवेतको साहसिक मोती खोज्ने मेला शुरु

२८ श्रावण २०८०

२८ साउन,एजेन्सी ।
कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ । तीन वर्षको अन्तरालपछि शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु भएको हो ।

आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेका थिए। कुवेतका धनाढ्य शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको प्रायोजनमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement
Advertisement

देशमा ठूला तेल भण्डारहरू प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योग थियो । सामान्यतया, गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजि गरेर फ्रिडाइभिङ गरी यात्रामा जानुपर्ने नियम छ ।

यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो । यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरु बताउँछन् । यो यात्रा गर्न ७ घण्टाको समय लाग्नेछ । साथै आजबाट उनीहरुले यात्रा शुरु गर्नेछन् ।

विगतमा गोताखोरहरुको संख्या २ सय ५० भन्दा बढी हुने गरेपनि यस वर्ष भने प्रशासक र पर्यवेक्षक बाहेकको संख्या ६० जना मात्र रहेकोछ । गोताखोरहरु बिहीवार मात्रै फर्किने आयोजकको भनाइ छ । गोताखोरहरुले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्नेछन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top