×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डढेलोले अमेरिकाको ऐतिहासिक शहर ध्वस्त

२८ श्रावण २०८०

२८ साउन, एजेन्सी ।
विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका अनियन्त्रित डढेलोका कारण यतिबेला शोकमा डुबेको छ । ठूलठूला सुनामीले समेत पुर्याउन नसकेको क्षति अहिले डढेलोबाट अमेरिकाले भोगिरहेको छ । हरेक दिन डढेलोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण हालसम्म ८९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सयौं मानिस अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । यसलाई अमेरिकाको इतिहासमा पछिल्लो समयकै सबैभन्दा ठूलो विपत्ति मानिएको छ । ऐतिहासिक शहर लाहैना आगलागीमा पूर्णरूपमा ध्वस्त भएको छ । नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मंगलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो।

Advertisement
Advertisement

आगोको लप्का यति छिटो स¥यो कि जसकारण धेरै मानिस सडकमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हाम फालेका थिए। यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई डढेलो घटना एक हो । अहिले पनि आगो निभाउने प्रयास जारी छ । बुधबार ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने बिहीवार थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको ठूलो क्षति भएको नागरिकहरुको गुनासो छ । डढेलोले हवाईका ग्रामिण क्षेत्रमा बढी क्षति भएको छ भने भवन, अस्पताल ध्वस्त भएका छन् । साथै सयौँ परिवार बिस्थापित भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने बित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् ।

दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालिएको थियो । तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने उत्तर हवाईका जनताको प्रश्न छ ।

संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा)का अनुसार लहैनामा हालसम्म २२ सय भन्दा बढी संरचनामा क्षति पुगेको छ। योसँगै २ हजार १ सय एकडभन्दा बढी क्षेत्र जलेको छ । यसको पुनर्निर्माणमा ५.५ अर्ब डलर खर्च हुने बताइएको छ । विभिन्न कारणले वनमा आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसमा संचार सञ्जालमा विफलता तथा तटीय आँधी लगायत रहेका छन्

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top