अब झरी नपर्ने, बाढीको जोखिम पनि न्यून

३० साउन, काठमाण्डौ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा आजबाट वर्षा कम हुने भएको छ । शनिबार र आइतबारको तुलनामा आज कम वर्षा हुनेछ । मौसमविद् रोजन लामिछानका अनुशार “आजबाट मौसममा केही सुधार हुनेछ । बिहानबाट देशका केही स्थानमा घाम पनि लागेको छ,” शनिबार र आइतबारको जस्तो भारी वर्षा र निरन्तर झरी भने हुँदैन ।

Advertisement

” मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा नेपालमा मनसुनी गतिविधि कम हुन्छ । केही दिन अगाडि देशभर एकैसाथ वर्षा हुँदा न्यूनचापीय रेखा नेपालमै थियो । आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा केही तल रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Advertisement

आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्युन रहेको महाशाखाले जनाएको छ । आज ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

सम्बन्धित समाचार

Scroll to Top