Nepal Times
Nepal Times
801
Shares

अभिनेता अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता

अभिनेता अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता

३० साउन, एजेन्सी ।

अहिलेसम्म क्यानडाका नागरिक रहेका भारतिय अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, ’दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका छन्। हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.