×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महराको वाङसँग १० वर्षदेखिको चिनजान

३० श्रावण २०८०

३० साउन, काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको र उनी फलफूल व्यवसायी रहेको बताएका छन्। विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको स्वीकार उनले गरेका हुन्। दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाङसँग आफूले टेलिफोनमा कुरा नगरेको तर भेटेको बताए।

भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप)को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो। तर सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्बत कार्य अगाडि बढाउन भनेको दावी उनले गरे। ‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो।

Advertisement
Advertisement

इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नु नपर्ने भनेको हो। यत्ति हो कुराकानी भएको,’ उनले भने। उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको ’स’ अक्षर पनि उच्चारण नगरेको उनले बताए।

‘मैले केही इलिगल समान होर भनेर सोधेँ। इलिगल होइन भने। इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले भने। उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन भए सुनसँग सम्बन्धित नभएको दावी गरे। भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बताए।

उनले भने, ‘म १०–१५ वर्षसम्म सरकारी पदमा छु। विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत । कुरा भइराख्थ्यो। छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्बत गर्नु भनेको हो,’ उनले भनेका छन् । उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनमा सघाउन आफू तयार रहेको पनि बताएका छन् ।

उनले भने, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’ भेपमा लुकाएर ल्याएको ९ केजी सुनबारे अनुशन्धान जारी नै छ । गत पुस १० मा दुबईबाट ल्याइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि छुटाउन महराका बाबुछोरा नै लागिपरेका थिए ।

सुन विमानस्थलमा रोकिएको अवधिमा नै गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले २३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १३१ पटक सम्पर्क गरेको खुलिसकेको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top