भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

२२ भदौ ७५, शुक्रबार

नयाँ दिल्ली, भदौ २२
भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ ।अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो ।

Advertisement

झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो ।

‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् ।सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए ।

Advertisement

भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ । इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ ।

गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध सङ्घर्ष गरेका थिए ।
रासस/एएनआई

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top