नाइल बाँध विवादः तीन देशबीच पुनः वार्ता शुरु

११ भदौ, एजेन्सी ।

इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ । आईतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो ।

इजिप्टका जलश्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीन वटै देशको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताएका छन् । तीन देशको सहमति बिना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने बताए ।

Advertisement

इथियोपियाले इजिप्ट र सुडानको बिरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना शुरु गरेको थियो । यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो ।

यसैबीच सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन् । अप्रिलमा युद्ध शुरु भए यता उनी पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किएका हुन् ।

Advertisement

उनले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गरेका थिए । सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top