जापानको रकेट प्रक्षेपणको ३० मिनेट अघि रोकियो

११ भदौ,एजेन्सी ।
एकातिर भारतको चन्द्र यान ३ प्रज्ञान रोभर चन्द्रमाको दक्षिणी ध्रुवको रहस्यको खोजीमा जुटेको छ भने अर्कोतर्फ जापानले तेस्रो पटक आफ्नो चन्द्र मिसन स्थगन गरेको छ । जापानले आज गर्ने भनिएको ल्यान्डर बोकेको चन्द्रमाका लागि गर्ने रकेट प्रक्षेपण स्थगित गरेको हो । सोमबार निर्धारित टेक अफ भन्दा ३० मिनेट भन्दा कम समयमा अभियान स्थगित गरिएको छ ।

खराब मौसमका कारण उडान प्रभावित भएको जापानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । जापानको जापानी एरोस्पेस एक्सप्लोरेसन एजेन्सी JAXA , H2–A सँगसँगै यो मिसनको लागि सबैभन्दा भरपर्दो भारी पेलोड रकेट छनोट गरेको थियो। अन्तरिक्षयान निर्माण गर्ने मित्सुबिशी हेभी इन्डस्ट्रिज लिमिटेडले चन्द्र अभियानको अर्को मिति भने सार्वजनिक गरेको छैन।

यसअघि शनिबार बिहान प्रक्षेपण गर्ने भनिएको थियो । तर मौसमका कारण प्रक्षेपणको समय पहिले आइतबार र त्यसपछि सोमबारसम्म बढाइएको थियो । यो मिसन प्रक्षेपण भएको भए रुसको दुर्घटनाग्रस्त लुना–२५ र भारतको चन्द्रयान–३ पछि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ झर्ने जापान तेस्रो मुलुक बन्ने थियो । यो मिसन यसअघि सन् २०२३ को जनवरीमा सुरु हुने थियो ।

Advertisement

तर पछिल्ला वर्षको असफलताका कारण जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई परिवर्तन गर्न खोजिरहेको छ। जापानले आफूलाई निजी अन्तरिक्ष क्षेत्रमा एलोन मस्कको स्पेसएक्सभन्दा धेरै पछाडि रहेको मान्दछ । जापानको मुन ल्यान्डरलाई स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन SLIM को नाम दिइएको छ । यो चन्द्र स्नाइपर हो र सटीकताका कारण यसलाई स्नाइपर भनिन्छ। जापानी अन्तरिक्ष JAXA आफ्नो चन्द्र अभियानको लागि उत्सुकतापूर्वक पर्खिरहेको छ ।

SLIMको उद्देश्य चन्द्रमामा पिनपोइन्ट ल्यान्डिङको प्रविधिलाई अगाडि बढाउनु हो। जापानको मिसनलाई अन्य देशको चन्द्रमा मिसनलाई नयाँ दिशा दिने मिसन पनि भनिएको छ । यो मिसन अन्तर्गत जहाँ अवतरण हुनसक्छ, त्यहाँ अन्तरिक्षयान अवतरण गर्ने भन्ने मान्यता रहेको सिद्धान्तलाई परिवर्तन गर्न सकिने बताइएको छ । चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको भन्दा छैटौं भाग बराबर मात्र रहेको छ ।

Advertisement

यस्तो अवस्थामा कुनै पनि अन्तरिक्ष यान अवतरण गर्नु त्यहाँ चुनौतीपूर्ण काम हो। उपग्रह र टेलिस्कोप टेक्नोलोजीमा भएको प्रगतिका साथमा वैज्ञानिकहरूलाई चन्द्रमाको संरचना र भू–भाग बुझ्न महत्त्वपूर्ण रूपमा मद्दत गरेको छ। चन्द्रमाको दक्षिणी ध्रुव पानी जस्ता स्रोतहरू पत्ता लगाउन महत्त्वपूर्ण छ। स्लिमको तौल २ सय किलो छ । जापानी वैज्ञानिकहरूले स्लिमले चन्द्रमा र ग्रहहरूमा अधिकतम मिसन पूरा गर्ने दाबी गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top