×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026

जी–२० का लागि रूसी राष्ट्रपति भारत नआउने

१२ भाद्र २०८०

१२ भदौ, एजेन्सी ।
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा ९ र १० सेप्टेम्बरमा हुन लागेको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक, चीनका राष्ट्रपति सी जिनपिङ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसमेत विश्वका १९ देशका शीर्ष नेता सहभागी हुँदैछन ।

तर यस समय विश्व राजनीतिको केन्द्रमा रहेका पुटिन भने दिल्ली नआउने पक्का भएको छ । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोफले रूसका सञ्चारमाध्यमसँग कुरा गर्दै यस पटकको जी–२० शिखर सम्मेलनमा भाग लिन दिल्ली जाने कार्यक्रम नभएको बताएका छन् । पेस्कोफले भने, ‘पुटिन दिल्लीमा हुन गइरहेको जी–२० सम्मेलनमा जाने योजना बनाइरहेका छैनन् ।

Advertisement
Advertisement

अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबैभन्दा अहम मुद्दा हो।’ पुटिनले तत्कालै टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निम्तोमा अंकारा जान सक्नेछन् । उनले त्यहाँ काला सागरमा ग्रेन (काला सागरमार्फत गहुँ निर्यातसँग जोडिएको) सम्झौतामाथि चर्चा गर्ने सम्भावना छ । हालै मात्र दक्षिण अफ्रिकामा भएको ब्रिक्स (ब्राजिल, रूस, इन्डिया, चीन र दक्षिण अफ्रिका) को शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए ।

पुटिन पछिल्लो वर्ष इन्डोनेसियाको बालीमा भएको जी–२० सम्मेलनमा पनि सहभागी भएका थिएनन् । दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलन र बालीको जी–२० सम्मेलनमा पुटिनको साटो विदेश मन्त्री सर्गेई लाभरोफ सहभागी भएका थिए । पुटिन जी–२० शिखर सम्मेलनमा अनुपस्थित भएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा अस्ट्रेलियाको ब्रिसबेनमा जी–२० सम्मेलन हुँदा पनि उनलाई बोलाइएको थिएन ।

युक्रेन युद्धपछि पुटिनले आफ्नो विदेशी भ्रमण सीमित गरेका छन्। तर पनि उनी सन् २०२२ मा ताजीकिस्तान र तुर्कमेनिस्तान पुगेका थिए । यसका अलावा पछिल्लो साल पुटिन एससीओ सम्मेलनमा उज्बेकिस्तान गएका थिए। त्यहाँ उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुसँग भएको थियो । यसै वर्ष १७ मार्चमा अन्तरराष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो।

यो वारेन्ट अवैध रूपमा युक्रेनका बालबालिकालाई रुस लगेको भन्दै जारी गरिएको थियो । पुटिनका अलावा रूसका बाल अधिकार आयुक्त एलेक्सियेभना लभोभा बेलोभाविरुद्ध पनि वारेन्ट जारी भएको छ । तर युक्रेन र रूस दुवै देश अन्तरराष्ट्रिय अपराध अदालत (आईसीसी) का सदस्य छैनन्। सन् २०१५ मा युक्रेनले आफ्नो भूमिमा भएको अपराधका लागि आईसीसीको अधिकार क्षेत्र स्वीकार गरेको थियो ।

समाचार अनुसार आईसीसीका १२३ सदस्य राष्ट्र गिरफ्तारी वारेन्ट लागू गर्न सहयोगका लागि बाध्य हुन्छन् । तर भारत भने आईसीसीको सदस्य नभएकाले पुटिनको गिरफ्तारीका लागि सहयोग गर्न बाध्य हुने छैन । जी–२० शिखर सम्मेलन लक्षित मोदी र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता भएको छ । पुटिन व्यक्तिगत रूपमा जी–२० शिखर सम्मेलनमा सहभागी नहुने खबर आएपछि दुई नेताबीचको वार्ता भएको हो।

Advertisement

लबचभलमचबmयमष्।ष्ल मा लेखिएको सूचनाले दुई नेताबीच भएको कुराकानीको पुष्टि गरेको छ । दुई नेताले द्विपक्षीय सहयोगका धेरै मुद्दाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै हालै जोहानेसबर्गमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनलगायत क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरेको बताइएको छ। पुटिनले रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने बताएका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top