१३ भदौ , एजेन्सी ।
५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाईते भए ।
उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर बिस्फोटक पदार्थसँग खेलिरहेका थिए । सो क्रममा उनी बिस्फोटमा परी घाइते भए । उनको पेटमा गहिरो चोट छ ।अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए ।
तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ ।रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए । अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो ।
रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्छन् । आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको उनले बताए । अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उनले बताएका छन् ।
त्यस्तै डर छ, अर्का पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई । युएक्सओका पीडित उनले बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताए । करिव पाँच वर्ष पहिला भएको बम बिस्फोटमा उनले आफ्नो हात गुमाउनु परेको थियो ।उनले अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाएका छैनन् ।
ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ । जसले दशौं हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन् ।
रेड क्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिकाको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ ।
चिनियाँ समाचारसंस्था सिन्ह्वाको सहयोगमा तयार पारिएको रिपोर्ट