नाइजरपछि अर्को अफ्रिकी देशमा कू

१३ भदौ, एजेन्सी ।
नाइजरपछि अब अर्को अफ्रिकी देशमा सैनिक विद्रोह भएको छ । मध्य अफ्रिकी देश गाबोनका सेना अधिकारीहरूको एक समूह राष्ट्रिय टिभी च्यानलमा देखा परेका छन् र सत्ता कब्जा गरेको दाबी गरेका छन् । देशको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गोलाई लगातार तेस्रो पटक चुनावमा विजयी घोषणा गरेको केही समयपछि नै यी सैन्य अधिकारीहरूले विद्रोहको घोषणा गरेका हुन् ।

विद्रोही सैनिक अधिकारीहरूले चुनावी नतिजा धाँधली भएको दाबी गरेका छन् । गाबोन न्बदयल द्दद्ध च्यानलमा देखा परेका सैन्य अधिकारीहरूले सबै सुरक्षा र रक्षा बलहरूको प्रतिनिधित्व गरेको बताएका छन् । उनीहरुले निर्वाचनको नतिजा रद्द भएको बताएका छन् । अर्को आदेश नभएसम्मका लागि देशका सबै नाका बन्द र सबै सरकारी संस्था विघटन गरिएको छ ।

सेनाले नियन्त्रणमा लिएपछि देशको राजधानी लिब्रेभिलमा भारी गोलीबारी भएको खबर प्राप्त भएको छ । ओपेक सदस्य राष्ट्र गाबोन सरकारको तर्फबाट हालसम्म कुनै वक्तव्य आएको छैन। राष्ट्रपति बोङ्गो कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन। उनी अन्तिम पटक शनिबार मतदान गर्ने क्रममा सार्वजनिक रूपमा देखिएका थिए।

Advertisement

सैन्य अधिकारीहरूले भनेका छन्, कि ’गाबोनका जनताको नाममा… हामीले वर्तमान शासनको अन्त्य गरेर शान्तिको रक्षा गर्ने निर्णय गरेका छौं।’ जब एक अधिकारीले यो कथन पढिरहेका थिए, त्यहाँ धेरै संख्यामा अन्य अधिकारीहरू चुपचाप उभिरहेका थिए। उनले सेनाको पोसाक लगाएका थिए ।

देशको सरकार, सिनेट, राष्ट्रिय सभा, अदालत र निर्वाचन आयोग विघटन भएको छ । गाबोनमा यो कु’ सफल भयो भने सन् २०२० यता यो कु’ भएको आठौँ पश्चिम र मध्य अफ्रिकी देश हुनेछ । यसअघि माली, गिनी, बुर्किना फासो, चाड र नाइजरमा प्रजातान्त्रिक सरकारहरू हटाइएका थिए।

Advertisement

यो विद्रोहपछि देशमा अनिश्चितताको वातावरण गहिरिएको छ । यति मात्र होइन, अलजजीराको रिपोर्टका अनुसार यो सम्पूर्ण घटनालाई लिएर गाबोनमा निकै तनाव देखिएको छ । सेनाका अधिकारीहरूले वर्तमान सरकारले धेरै वर्षदेखि गाबोनका जनताको इच्छालाई सम्मान नगरेको दाबी गरेका छन्। त्यही भएर उनीहरुले परिवर्तन गर्नुपरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top