कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

१३ भदौ, काठमाण्डौ ।
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा ९ किलो सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

यसअघि राहुलले सामाजिक संजालमार्फत अनुसन्धानका लागि प्रहरी कार्यालय उपस्थित हुने जनाएका थिए । राहुलले सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकसँग २३४ पटक टेलिफोन सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ ।

Advertisement

सार्वजनिक मिडियाले कुरा उठाएपछि त्यसप्रति आक्रोश व्यक्त गर्दै राहुल महराले अनुसन्धानमा सहयोग गर्न आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी उपस्थित हुन लागेको जनाएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सीआईबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु।’ केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

Advertisement

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top