रुसीे विमानस्थलमा ड्रोन आक्रमण, युक्रेनको हात

१३ भदौ,एजेन्सी ।
रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ ।

युक्रेनबाट ६ सय किलोमिटरको दूरीमा रहेको इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ । तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन । स्थानीय गभर्नरले यसअघि सेनाले उक्त आक्रमणलाई प्रतिकार गरिरहेको बताएका थिए ।

उनले ठूलो आगलागी भएको भिडिओ सामाजिक सञ्जालमार्फत् साझा गरेका थिए जसमा विस्फोटको चर्को आवाज पनि सुनिएको थियो । पस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको सीमा नजिकै पर्छ । पछिल्ला केही हप्तामा युक्रेनले रुसमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको अनुमान गरिएको छ ।

Advertisement

यो आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो विमानस्थलमाथिको आकाशमा उडानमा रोक लगाएको छ । पस्कोभ क्षेत्रमा यसअघि मे महिनाको अन्त्यतिर ड्रोन आक्रमण भएको थियो । रुसको मध्य मस्कोमा गत साता भएको ड्रोन आक्रमणमा परी तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।

सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको केही दिनपछि उक्त घटना भएको हो । युद्ध भइरहेका यी दुई देशमा मानव सवार वा मानवरहित विमान दुर्घटनाबारे विवरणहरू सार्वजनिक हुने गरेका छन्।

Advertisement

अन्य घटनाक्रम अन्तर्गत मस्कोको समयअनुसार मध्यरातमा ब्ल्याक सीमा युक्रेनी सेनाले गरेको सैन्य कारबाहीमा चार वटा द्रुत गतिका डुङ्गा ध्वस्त पारेको रुसी सेनाले जनाएको छ । सेनाका अनुसार ती डुङ्गाहरूमा करिब ५० जना सैनिक सवार थिए । यस विषयमा पनि युक्रेनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।रुसी सेनाले युक्रेनको दक्षिणी क्षेत्र ब्रायन्स्कमा तीन वटा र ओरियोलको मध्य क्षेत्रमा एउटा ड्रोन खसालेको जनाएको छ ।

गत साता वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको रुसको उड्डयन अधिकारीहरूले बताएका थिए । त्यस्तै युक्रेनमा एउटा लडाकु विमान दुर्घटनामा पर्दा एक जना चर्चित लडाकु पाइलट र अन्य दुई जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top