Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा सामान्य गिरावट

आज नेप्सेमा सामान्य गिरावट

१३ भदौ ,काठमाडौं ।
बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो ।

यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ । परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ ।

यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ ।हिजो मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको थियो भने ८६ करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.