१४ भदौ, एजेन्सी ।
इराक, अफगानिस्तान, सिरिया,लिविया जस्ता आधा दर्जन मुलुकले वर्षाैसम्म अमेरिकी हतियारको प्रताडना खेपेका छन् । प्रजातन्त्र वहाली र शान्तिस्थापनाको बहानामा ती मुलुकमा आन्तरिक हस्तक्षेप र आक्रमणमा उत्रिएको अमेरिकाले केही वर्षसम्म तहसनहस नै बनाईदिएको छ । अनि पुर्ननिमार्णको बहानामा अमेरिकी हस्तक्षेप कायम राखेको छ ।
वर्षाैसम्म अफगानिस्तानमा रहेको अमेरिका तालिवानको उदयपछि स्वदेश फर्किएपनि छरिएका अमेरिकी हतियारको शिकार अझै पनि अफगानी नागरिक बनिरहेका छन् । यस्तै अमेरिकी आक्रमणको सामना गरेका दुई मुलुक हुन् इराक र सिरिया । जसको रक्षाका लागि भने अहिले आएर अमेरिकलाई कडा चेतावनी दिइएको छ ।
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।
सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरियाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपु¥याउन आग्रह गरेका छन् ।
उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिएका छन् । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको उनले बताएका छन् । सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।