फेरी बढ्यो सुन चाँदीको भाउ , कतिमा हुदैछ कारोबार ?

१८ भदौ,काठमाडौं ।

आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले बढेको छ।आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रूपैयाँ कारोबार भएको सुन सोमबार एक लाख १३ हजार रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, महासंघका अनुसार सोमबार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १४ सय ६० रूपैयाँमा बिक्री भएको चाँदी सोमबार १४ सय ६५ रूपैयाँमा कारोबार भएको छ।अन्तर्राष्ट्रिय बजारमा आज छापावाल सुन प्रतिऔंस १९ सय ४५ अमेरिकी डलर छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top