×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आज नेप्सेमा ७ अंकको वृद्धि

१८ भाद्र २०८०

१८ भदौ,काठमाडौँ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो ।

Advertisement
Advertisement

यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको सेयर स्थिर छ भने १२६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ ।

परिसूचक ७ अंकले बढेको दिन आज वित्त समूहमा ०.४४ अंकले घटेको छ । यसबाहेक, अन्य सबै समूहको सूचकमा सुधार आएको छ । जीवन बीमा समूहमा ५५ अंकको सुधार आउँदा व्यापार समूहमा ३० अंकको र होटेल र टुरिजम समूहको सूचकमा २९ अंकको सुधार आएको छ ।

Advertisement

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरैले कारोबार भएको छ । यो कम्पनीको सेयर आज ५ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो । आज नेप्सेमा समग्रमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ हजार ३२ कित्ता सेयर किनबेच भएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top