रुसले युक्रेनको खाद्यान्न निर्यातको बन्दरगाह उडाइदियो/विश्वमा खाद्य संकट थप गम्भीर हुनसक्ने

१८ भदौ, एजेन्सी ।
रुसले युक्रेनको इज्मेल बन्दरगाहमा ठूलो हमला गरेको छ । यो बन्दरगाह युक्रेनको सबैभन्दा ठूलो खाद्यान्न निर्यात गर्ने बन्दरगाह हो। रुसले यस बन्दरगाहमा ड्रोन आक्रमण गरेको थियो । जसमा बन्दरगाहलाई नराम्ररी क्षति पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सोमबार हुने महत्वपूर्ण बैठकअघि यो आक्रमण भएको हो ।

मिडिया रिपोर्टका अनुसार इजमेल पोर्ट युक्रेनको ओडिसा क्षेत्रको डेन्युब नदीमा बनेको छ। रुसी ड्रोन आक्रमणमा बन्दरगाहका गोदामहरू, उत्पादन भवनहरू, कृषि मेसिनरी र उपकरणहरूमा ठूलो क्षति पुगेको छ। यस आक्रमणमा कुनै हताहतको खबर छैन। युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यात गर्ने देश मध्ये एक हो ।

रुस–युक्रेन युद्धका कारण खाद्यान्नको निर्यात अवरुद्ध भएको र त्यसको असर विश्वभर खाद्य संकटको रुपमा देखिएको छ । विशेषगरी अफ्रिका, मध्यपूर्व र एसियाका धेरै देशहरूमा खाद्य संकट झन् गम्भीर छ। अब खाद्यान्न निकासीका लागि तयार बन्दरगाहमा आक्रमणले खाद्यान्न संकटलाई गहिरो बनाउन सक्छ ।

Advertisement

विश्वव्यापी संकटलाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघ र टर्कीले युक्रेनबाट खाद्यान्न निर्यात गर्न रसियासँग खाद्यान्न निर्यातका लागि ब्ल्याक सी सम्झौता गर्ने प्रयास गरिरहेका छन्। टर्कीका राष्ट्रपति एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार महत्वपूर्ण भेटवार्ता हुने भएपनि यो बैठकअघि नै युक्रेनको बन्दरगाहमा ठूलो आक्रमण भएको छ ।

जसमा खाद्यान्न निर्यात गर्ने युक्रेनको महत्वपूर्ण बन्दरगाह प्रभावित भएको छ । सन् २०२२ को जुलाईमा भएको सम्झौताअनुसार युक्रेनको तीनवटा बन्दरगाहबाट ३ करोड ६० लाख टन खाधान्न र अन्य सामान निकासी गर्न सक्ने थियो । तर ६ साताअघि रुस यो सम्झौताबाट बाहिरिएको थियो । त्यसयता ड्यान्यूबका बन्दरगाहहरूमा धेरै पटक आक्रमण भएको छ।

पुटिनले ब्ल्याक सी सम्झौता स्वीकार गर्न धेरै माग राखेका छन्। जसमा रुसी कम्पनीहरू विरुद्ध पश्चिमी प्रतिबन्धहरू हटाउने, अमोनिया निर्यात पुनः सुरु गर्ने, भुक्तानीमा पश्चिमी प्रतिबन्धबाट राहत, रसद र ढुवानी बीमा र रसियाको कृषि बैंक रोसेल खोजलाई अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क स्वीफ्टमा पुनः जडान गर्ने मागहरू समावेश छन्।

रुसले आफ्ना मागहरू पूरा नभएको भन्दै युक्रेनको बन्दरगाहमा आक्रमण भइरहेको बताएको छ । यस विषयमा छलफल गर्न रुसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोगानबीच सोमबार सोचीको ब्ल्याक सी रिसोर्टमा भेटवार्ता हुदैछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top