ओडीआईमा कुशलको १ हजार रन पूरा

१७ भदौ ८०, सोमबार

१८ भदौ,काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन् । श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा सोमबार जारी खेलमा कुशलले १ हजार रन पूरा गरेका हुन् । कुशलले ४६ ओडिआइ खेलको ४५ इनिङस्मा हजार रन बनाएका हुन् ।

कुशलले आडिआइमा सर्वाधिक १ सय १५ रन प्रहार गरेका छन् । ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन् । १०३ चौका र २० छक्का हानेका छन् । सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए ।

भारतविरुद्ध ३८ रन बनाएर ओपनर कुशल भुर्तेल पवेलियन फर्केका छन् । ओपनर कुशलले २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए । सार्दुल ठाकुरको बलमा विकेट किपर इसान किसानको हातबाट कुशल आउट भए ।

सोमबार खेलिएको खेलमा भारतीय फिल्डरले नेपालका दुवै ओपनर ब्याट्सम्यानको क्याच छाडेका छन् । दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए।

त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए ।

त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका थिए । प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको यो खेलमा भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top