रुसले युक्रेनको खाद्यान्न निर्यातको बन्दरगाह उडाइदियो

१८ साउन,एजेन्सी ।
रुसले युक्रेनको इज्मेल बन्दरगाहमा ठूलो हमला गरेको छ । यो बन्दरगाह युक्रेनको सबैभन्दा ठूलो खाद्यान्न निर्यात गर्ने बन्दरगाह हो। रुसले यस बन्दरगाहमा ड्रोन आक्रमण गरेको थियो । जसमा बन्दरगाहलाई नराम्ररी क्षति पुगेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सोमबार हुने महत्वपूर्ण बैठकअघि यो आक्रमण भएको हो । मिडिया रिपोर्टका अनुसार इजमेल पोर्ट युक्रेनको ओडिसा क्षेत्रको डेन्युब नदीमा बनेको छ।

रुसी ड्रोन आक्रमणमा बन्दरगाहका गोदामहरू, उत्पादन भवनहरू, कृषि मेसिनरी र उपकरणहरूमा ठूलो क्षति पुगेको छ। यस आक्रमणमा कुनै हताहतको खबर छैन। युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यात गर्ने देश मध्ये एक हो ।

Advertisement

रुस–युक्रेन युद्धका कारण खाद्यान्नको निर्यात अवरुद्ध भएको र त्यसको असर विश्वभर खाद्य संकटको रुपमा देखिएको छ । विशेषगरी अफ्रिका, मध्यपूर्व र एसियाका धेरै देशहरूमा खाद्य संकट झन् गम्भीर छ। अब खाद्यान्न निकासीका लागि तयार बन्दरगाहमा आक्रमणले खाद्यान्न संकटलाई गहिरो बनाउन सक्छ।

विश्वव्यापी संकटलाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघ र टर्कीले युक्रेनबाट खाद्यान्न निर्यात गर्न रसियासँग खाद्यान्न निर्यातका लागि ब्ल्याक सी सम्झौता गर्ने प्रयास गरिरहेका छन्।

Advertisement

टर्कीका राष्ट्रपति एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार महत्वपूर्ण भेटवार्ता हुने भएपनि यो बैठकअघि नै युक्रेनको बन्दरगाहमा ठूलो आक्रमण भएको छ । जसमा खाद्यान्न निर्यात गर्ने युक्रेनको महत्वपूर्ण बन्दरगाह प्रभावित भएको छ ।

सन् २०२२ को जुलाईमा भएको सम्झौताअनुसार युक्रेनको तीनवटा बन्दरगाहबाट ३ करोड ६० लाख टन खाधान्न र अन्य सामान निकासी गर्न सक्ने थियो । तर ६ साताअघि रुस यो सम्झौताबाट बाहिरिएको थियो । त्यसयता ड्यान्यूबका बन्दरगाहहरूमा धेरै पटक आक्रमण भएको छ।

पुटिनले ब्ल्याक सी सम्झौता स्वीकार गर्न धेरै माग राखेका छन्। जसमा रुसी कम्पनीहरू विरुद्ध पश्चिमी प्रतिबन्धहरू हटाउने, अमोनिया निर्यात पुनः सुरु गर्ने, भुक्तानीमा पश्चिमी प्रतिबन्धबाट राहत, रसद र ढुवानी बीमा र रसियाको कृषि बैंक रोसेल खोजलाई अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क स्वीफ्टमा पुनः जडान गर्ने मागहरू समावेश छन्।

रुसले आफ्ना मागहरू पूरा नभएको भन्दै युक्रेनको बन्दरगाहमा आक्रमण भइरहेको बताएको छ । यस विषयमा छलफल गर्न रुसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोगानबीच सोमबार सोचीको ब्ल्याक सी रिसोर्टमा भेटवार्ता हुदैछ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top