काठमाडौं : राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता गरेका छैनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् । यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ छ ।
स्टोर शाखा प्रमुख माली भन्छन्, ‘यसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।’