नेम्वाङका छोरा आइपुगे, भोलि अन्त्येष्टि र बिदा

२६ भदौ ८०, बुधबार

२७ भदौ ,काठमाण्डौ ।
दिवंगत संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा ब्रिटेनबाट आज आइपुगेका हुन् । मंगलबार विहान बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्।

Advertisement

केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए। यस्तै नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि युकेबाट फर्किसकेका छन् । स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

Advertisement

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पु¥याएका हुन् । नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो ।

Advertisement

सरकारले नेम्वाङको राजकीय सम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ । नेम्वाङको पार्थीव शरीर भने अन्तिम श्रद्धान्जलीका लागि अहिले उनकै निवास वालुवाटारमा राखिएको छ ।

आज दिउँसो सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयबाट निवासमा लगिएको हो । मंगलबार बिहान १ बजे बालुवाटारस्थित आफ्नै निवासको शौचालयमा बेहोस भएर ढलेका नेम्वाङलाई तत्काल त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको हृदयाघातका कारण निधन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top