ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’

२६ भदौ ८०, बुधबार

२७ भदौ ,विराटनगर ।
विदेश जान चाँहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मंगलबार विराटनगरमा ‘ग्रेस एडु फेयर’ संचालन गरेको छ । फेयरमा विभिन्न ठाँउबाट आएका २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Advertisement

अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत (यूके) र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय र कलेजहरुका प्रतिनिधिहरुले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न बिषयमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेका थिए ।

Advertisement

व्रिटिस काउन्सिल, आइडिपी लगाएत संस्थाहरु मार्फत् विद्यार्थीहरुले छात्रवृत्ति समेत पाएका छन् । विदेश गई उच्च शिक्षा हासिल गर्ने उदेश्य लिएका विद्यार्थीहरुलाई सहजीकरण गर्दै छिटो छरितो र भरपर्दो तरिकाले विदेश पठाउन मद्धत गर्ने उदेश्यले एक दिवसिय फेयर संचालन गरिएको ग्रेस इन्टरनेशनका विराटनगर शाखाका प्रवन्धक प्रदिप बाँस्तोलाले बताए ।

फेयरमा सहभागी विद्यार्थीहरुले फेयरमा सहभागी भएपछि विदेश जानका लागि अपनाउनु पर्ने प्रकृया, लागत रकम, विदेश गई सकेपछि काम गर्दै के कसरी अध्ययन गर्न सकिन्छ लगायतका धेरै कुरा जानकारी पाएको बताएका छन् ।

Advertisement

ग्रेस इन्टरनेशनलले विदेश गई अध्ययन गर्ने विद्यार्थीहरुको मनमा उत्पन्न भएका अनेकौ प्रश्नहरुलाई विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधि ल्याएर आफनै ठाउँमा साक्षात्कार गराई जानकारी दिएकोमा अभिभावकहरुले ग्रेस इन्टरनेशनललाई धन्यवाद दिएका छन् । ग्रेस इन्टरनेशनल विगत १७ बर्ष देखि उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विदेश पठाउने कन्सन्टेन्सी हो । यसका नेपालका प्रमुख शहर लगायत विश्वका आठ देशमा शाखाहरु रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top