Nepal Times
Nepal Times
3
Shares

२ करोड अडियो प्रकरण, रास्वपाका कोर टिममाथि अनुशन्धान

२ करोड अडियो प्रकरण, रास्वपाका कोर टिममाथि अनुशन्धान

२७ भदौ, काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा छानविन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको हो ।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो।

‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।

’ बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ। ‘तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।

श्रेष्ठले मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेकोबारे अनुशासन समितिलाई फरक–फरक बयान दिएको रास्वपाले बताएको छ। विज्ञप्तिमा भनिएको छ,सञ्चारमाध्यमहरुमा मेडिकल व्यवसायीसँगको अडियो बाहिरिएपछि डा. श्रेष्ठले कहिले उक्त अडियो आफ्नो नभएको भन्ने, त कहिले त्यो पुसको अडियो अहिले किन सार्वजनिक भयो ?

भन्ने, कहिले कोर टिम को खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टिम नभएको भन्ने, त कहिले पार्टीका फरकफरक केन्द्रीय समिति सदस्यहरुलाई पोलिरहने जस्ता एकआपसमा परस्पर विरोधी अभिव्यक्तिहरु दिइरहनुभयो ।

यस्तै पार्टी विधान बमोजिम उहाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भए पश्चात् पार्टीले गरेको कारवाही विरुद्ध उहाँले सर्वाेच्च अदालतमा दायर गर्नुभएको रिटमा पनि पार्टीले अन्याय ग¥यो, उक्त अडियो आफ्नो नभएको भन्ने बाहेक कसले पैसा माग्यो भनी कहीं कतै उल्लेख नगरेको पनि विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.